दाेलखा : दाेलखाकाे गाैरीशंकर गाउँपालिका-७ मार्बुकी एक बालिकालाई खाेलाले बगाउँदा बेपत्ता भएकी छन् । बुधबार साँझ विद्यालयबाट फर्कने क्रममा स्थानीय घट्टेखाेलाले बगाएर रामकृष्ण श्रेष्ठकी १३ वर्षीया छाेरी आयुसा श्रेष्ठ बेपत्ता भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएकाे छ ।
हामावर्ती माध्यमिक विद्यालयमा अध्ययनरत बालिका विद्यालयबाट घर फर्कने क्रममा साथीहरूसँगै आएकी थिइन् । फड्केबाट नभई उनी खाेलाबाट नै तर्ने क्रममा बगेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । उनकाे खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएकाे छ ।





