राजु मास्टर नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै

२०८० श्रावण १५, सोमबार

काठमाडौँ : हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो । सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका हुन् । उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् ।

‘अब भने ‘जुठे’ सँगै कमेडी श्रृंखला ‘लफडा’ पनि आउने भएको छ’, उनले अगाडि लेखेका छन् ‘जुठे’ पहिलेकै झै बुधबार र ‘लफडा’ भदौदेखि आइतबार प्रसारणमा आउनेछ ।’ ‘लफडा’ को बिषयवस्तु बारे भने उनले केही खुलाएको छैनन् ।

नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ । श्रृंखलाका लेखक तथा निर्देशक उनी आफैं हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार