पशुपति क्षेत्र विकास कोषमा केसी मनोनीत

२०८० श्रावण १५, सोमबार

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषको सदस्यमा राजु कुमार खत्री मनोनीत भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट काठमाडौँका केसी ४ वर्षका लागि सदस्यमा मनोनीत भएका हुन् । 

‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.११ अनुसार पशुपति क्षेत्र विकास सञ्चालक परिषद् सदस्य पदमा सोही ऐन र दफाको उपदफा ८.६ अनुसार ४ वर्षको लागि मनोनयन गरिएको बेहोरा अनुरोध छ’, मन्त्रालयका शाखा अधिकृत जंगबहादुर राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

मन्त्रालयले केसीको मनोनयनले पशुपति क्षेत्र विकास कोषको विकास, प्रगति र उन्नयनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा समेत गरेको छ । 

कोषका यसअघिका सदस्य अर्जुन बाँस्तोलाको कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा केसीको मनोनयन भएको बताइएको छ । यसअघि पनि केसी कोषको ४ वर्षे कार्यकाल कुशलतापूर्वक निभाइसकेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार