राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न: प्रधानमन्त्री प्रचण्ड

२०८० श्रावण १७, बुधबार

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न।’

उनले धेरैथोर प्रदूषित सबै भएको बताए। ‘हामीले सफाइ अभियान चलाउन जरूरी छ, चलाएका पनि छौं,’ उनले भने। साथै प्रचण्डले संगठन सुदृढीकरणका लागि तीन महिने अभियान सञ्चालन गरिने बताएका छन्। यो अभियान भदौदेखि सुरू गर्ने प्रस्ताव उनको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार