सल्यानको माल्नेटामा घाँटी रेटिएको अवस्थामा एक महिला मृत फेला

२०८० श्रावण २१, आईतवार

सल्यान : सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा स्थित कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षीया उर्मिला गिरीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । बिहान १० बजेसम्म घर नफर्केपछि श्रीमान् खडगबहादुर गिरी खोज्दै जाँदा बारीको ढिकमा मृत अवस्थामा फेला पारेका थिए ।

घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको जस्तै देखिए पनि तत्काल केही भन्न नसकिने उनले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको नेतृत्वमा र ढोडचौर चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेका छन् । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

बिहान घाँस काटन गएकी गिरी घर नफर्केपछि खोज्दै जाँदा श्रीमान्‌ले नै बिहान करिब साढे १० बजेतिर बारीको कुनामा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए। कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार