बुङमतीको कार्यविनायक मन्दिरका लागि गायक योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

२०८० श्रावण २१, आईतवार

काठमाडौँ : गायक तथा सङ्गीतकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् । ललितपुर बुङमतीको कार्यविनायक मन्दिरको सुनको छाना र गजुरका लागि उनले सहयोग गरेका हुन् ।

योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले बताए । ‘योगेश्वरले दिएको सहयोगबाट मन्दिरको छाना र गजुरमा सुनको जलप गरिएको छ’ उनले भने । योगेश्वरले सिधै सुन भन्दा पनि १ सय ८ तोला सुन बराबरको रकम सहयोग गरेका हुन् । छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ ।

कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको भनाई छ ।

छाना र गजुरका लागि योगेश्वरको सहयोगमा नेपाल राष्ट्र बैंकको टक्सारबाट सुन झिकाएर पुजारी सङ्घका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन राखेर काम गरिएको छ । जुन अहिले मन्दिरमा राखी सकिएको छ । पुजारी सङ्घका अध्यक्ष तुलाधरका अनुसार मन्दिरका लागि अन्य भक्तजनले पनि सुन दान गरेका छन् । जसले गर्दा केही सुन बचेको छ । उक्त सुन मन्दिरको कोषमा राखिएको तुलाधरले बताए ।

गायक अमात्य अहिले देश बाहिर छन् । सामाजिक सञ्जालमा सुन दानको विषयमा सोध्दा उक्त सहयोग आफू र आफ्नो श्रीमतीको तर्फबाट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
3
+1
0

ताजा समाचार