भारतीय जेल तोडेर फरार नेपाली युवती समातिइन्

२०८० श्रावण २६, शुक्रबार

दार्चुला : उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एकजना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् ।

दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृति बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो ।

बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति भागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार