अमेरिकामा आगलागीमा परी ६३ जनाको मृत्यु

२०८० श्रावण २७, शनिबार

काठमाडौं : अमेरिकाको हवाई द्वीपको माउई काउन्टीको जंगलमा लागेको आगोबाट अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ। आगोको चपेटामा परी यहाँको ऐतिहासिक सहर लहाइना पूरै तरिकाले खण्डहर बनेको छ।

सयौं नागरिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यो राज्यको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपद्‌का रुपमा लिइएको छ।

आगोले भयंकर रुप लिएको छ। यसैबीच स्थानीयलाई आगोबाट भएको क्षतिको आकलन गर्न शुक्रबार केही समयका लागि घर फर्किन अनुमति दिइएको थियो।

Texas International College
यो साताको सुरुवातमा आगलागी सुरु भएको थियो। ऐतिहासिक सहरको अधिकांश भाग नष्ट भएको छ। सहरमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको छ। केही क्षेत्रमा भने उद्धारकर्मीलाई जान भने प्रशासनले अनुमति दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार