स्रोत नखुलेको ८ लाख नगदसहित साह पक्राउ

२०८० श्रावण २७, शनिबार

सिरहा : सिरहामा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका-१७ माडर टोलबाट स्रोत नखुलेको ८ लाख २ हजार नेपाली रूपैयाँ र ४६ हजार १ सय भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय सञ्जीव कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.१२ प १६३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाई छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार