अपडेट : पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

२०८० श्रावण २७, शनिबार

तनहुँ : आँबुखैरेनीमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐना पहरामा पहिरोले शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका रसडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा १ घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाणँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार