फिदिमको दूध डेरीमा आगलागी

२०८० श्रावण २८, आईतवार

पाँचथर : पाँचथरको फिदिम नगरपालिका ३ स्थित एक दूध डेरीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौं रकम बराबरको क्षति भएको बताइएको छ ।

डेरी सञ्चालक टीका राईले आगलागीबाट ३० लाखको क्षति भएको दाबी गरेका छन् । मिना दुग्ध डेरी नामक उक्त उद्योगमा शनिबार दिउँसो ३ बजेपछि आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट १० क्विन्टल छुर्पी, घ्यू, दूध, क्रिम, दूध जाँच्ने मेसिन र तौल मेसिन जलेर नष्ट भएको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट गएको प्रहरीको टोली र स्थानीयले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार