मकवानपुरको मान्डु हाइड्रोपावरमा अपरिचित पुरुषको शव, घटनास्थल पुग्दै प्रहरी

२०८० श्रावण २८, आईतवार

काठमाडौं : मकवानपुरमा एउटा शव फेला परेको छ। जिल्लाको भीमफेदी गाउँपालिका ८ मान्डुस्थित मान्डु हाइड्रोपावरमा पुरुषको शव भेटिएको हो।

उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ।

यही साउन २१ साउन गते पनि सोही हाइड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव भेटिएको थियो। उनको पनि अहिलेसम्म नामथर खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार