मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

२०८० श्रावण २८, आईतवार

काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जनमत पार्टीलाई सरकारमा ल्याउन भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारीसँगै माओवादीले मन्त्री मोदीलाई फिर्ता बोलाएको हो ।

मोदीको ठाउँमा जनमत पार्टीकी नेतृ अनिता देवी मन्त्री बन्ने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार