पोखरामा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना अभियान सुरु

२०८० श्रावण २८, आईतवार

काठमाडौँ : पोखरा महानगरपालिकाले पृथ्वीनारायण शाहको हटाएको शालिक पुनःस्थापना अभियान सुरु भएको छ ।महानगरले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । 

बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । फेरि शुक्रबार महानगरले हटाएको बताइएको छ । फेरि पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान सुरु गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षातको समेत परवाह नगरी पोखराको पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान प्रारम्भ भएको छ । यस अभियानमा समर्थन र ऐक्यबद्धता प्रकट गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार