रोनाल्डो बिना मैदानमा उत्रेको अल नासर पहिलो खेलमा पराजित

२०८० श्रावण ३०, मंगलवार

रियाद : रोनाल्डो आबद्ध अल नासरले साउदी लिगको पहिलो खेलमा पराजय बेहोरेको छ। गत साता अरब क्लब कपको उपाधि जितेको अल नासरले लिगको पहिलो खेलमा पराजय भोगेको हो।

रोनाल्डो बिना नै मैदानमा उत्रेको अलनासर सोमबार राति भएको खेलमा अल इतिफकसँग २-१ ले पराजित हुन पुगेको हो।

खेल सुरु भएको चौथो मिनेटमा अल नासरलाई साडियो मानेले अग्रता दिलाए पनि त्यो अग्रता अलनासरले कायम गर्न सकेन र दोस्रो हाफदेखि अल नासरको खेलको स्थिति ठिक हुन सकेन।

दोस्रो हाफको ४७ औं मिनेटमा अल इतिफका रोबिन क्वेजनले गोल फर्काएर खेललाई बराबरीमा ल्याए, त्यसको केही मिनेटमा नै अर्थात् ५३ औं मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गरेर अग्रता दोब्बर पारे। अन्ततः खेल २-१ मा टुंगियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार