मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

२०८० श्रावण ३०, मंगलवार

मुगु : मुगुमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। मुगुको सोरु गाँउपालिकाको सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको थियो। सोरु गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए।

मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँका राम परियार (क) र सोही ठाउँका राम परियार (ख), प्रकाश बोहोरा र पिउस परियार रहेका जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी महेश बस्नेतले जानकारी दिए।

यस्तै, गम्भीर घाइते हुनेमा मुगुको सोरु गाउँपालिका–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडासदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्। जिप सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार