अक्षय कुमारले पाए भारतको नागरिकता

२०८० श्रावण ३०, मंगलवार

काठमाडौं : बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत भारतको नागरिकताको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना,’ उनले ट्विटरमा लेखेका छन्।

यसअघि उनीसँग क्यानडाको नागरिकता थियो। ७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा उनले क्यानडाको नागरिकता र पासपोर्ट त्यागेर भारतको नागरिकता लिएका हुन्।

यतिबेला अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ प्रदर्शन भइरहेको छ। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ४ दिनमा ५५ करोड १७ लाख भारू कमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार