काठमाडौँ : सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बसिरहेको छ। आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो।
संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन्। बैठकले संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ।
हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्मा अवरोध गरिरहेको छ।





