घरायसी समस्या भन्दै प्रदेश सभा बैठकमा बिदा मागेका एमाले सांसद भेटिए एनजिओको कार्यक्रममा

२०८० भाद्र ४, सोमबार

विराटनगर : घरायसी कामले प्रदेश सभा बैठकमा आउन नसक्ने भन्दै बिदा लिएका नेकपा एमालेका सांसद खडगबहादुर बस्नेत एउटा एनजिओको कार्यक्रममा व्यस्त भेटिएका छन्।

सोमबार विराटनगरको होटल स्वागतममा आयोजित एक कार्यक्रममा उनी पूरा अवधि आफूहरू सँगै सहभागी भएको नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष लिलाबल्लभ घिमिरेले जानकारी दिए। नागरिक शिक्षा र मानव अधिकार विषयक कोक्यापले आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा उनी पूरा अवधि बसेका थिए। ‘हामी कार्यक्रममा सँगै सहभागी भयौं’, अध्यक्ष घिमिरेले भने, ‘उहाँ कार्यक्रमको पूरा अवधि बस्नुभयो।’

मोरङ क्षेत्र नम्बर १ को २ बाट निर्वाचित उनीसहित एमालेका सात जना ज्येष्ठ सदस्य र राप्रपाका सबै सांसद अनुपस्थित हुने जानकारी गराएका थिए। उनीहरू सबैले घरायसी समस्या भएको भन्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए। यसरी घरायसी समस्या भन्दै बिदा मागेका सांसद एनजिओको कार्यक्रममा भेटिएका हुन्।

उपसभामुख सृजना दनुवार पनि आफैंले डाकेको बैठक छाडेर काठमाडौं गएपछि आज दिउँसो १ बजेलाई डाकिएको प्रदेशसभा बैठक अहिलेसम्म अन्योलमै छ। अहिले कार्य व्यवस्था समिति बैठक फेरि बस्ने तयारी भैरहेको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार