काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना, मधेशमा २ जना तथा कोशी, बागमती र गण्डकीमा एक एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९२ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा १४ जना घाइते भएका छन् भने काठमाडौं उपत्यकामा ११ जना घाइते भएका छन्। त्यस्तै कोशीमा २६ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा २१ जना र कर्णालीमा ५ घाइते भएका छन्।





