पहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ : महामन्त्री थापा

२०८० भाद्र ४, सोमबार

काठमाडौँ : कांग्रेस महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने बताएका छन् । महामन्त्री थापाले प्रदेशको नामकरणको विषयमा प्रदीप गिरिले दिएको विचारसँग काग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए ।

पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व. गिरिको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाले बताए । गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने महामन्त्री थापाको भनाइ छ ।

‘म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामकरण ठूलो विषय छ । तर प्रदीप गिरिले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले नामकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदि यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ,’ उनले भने ।

महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार