धरानमा डेंगूका कारण थप एक जनाको मृत्यु : मृत्यु हुनेको संख्या १२

२०८० भाद्र ४, सोमबार

धरान : धरानमा डेंगीको कारण सोमबार थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार धरान १५ का ८४ वर्षका पुरुषको सोमबार अपरान्ह साढे १२ बजे निधन भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपाचारको क्रममा मृत्यु भएको हो । उनलाई तीन दिनअघि अस्पताल ल्याइएको थियो । योसहित धरानमा यस वर्ष डेंगी रोगको प्रकोप सुरु भए यता मृत्यु हुनेको संख्या १२ पुगेको छ । यसअघि धरान वडा ११ जनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी धरान १५ मा २ जना र वडा नम्बर २, ५, १०, १६, १७ र १८ मा एक-एक जनाको मृत्यु भएको छ ।

उपमहानगरपालिकाले उपलब्ध गराएको जानकारीअनुसार हालसम्म धरानमा १२ हजार ७८१ जनामा डेंगी देखिएको छ । जुन महिनादेखि धरानमा डेंगीको रोगीको संख्या उकालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार