मुग्लिन-नारायणगढ सडकखण्ड १७ घण्टापछि खुल्यो

२०८० भाद्र ५, मंगलवार

चितवन : पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ। सोमबार राति करिब ८ः०० बजेतिर इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो।

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम गरिएको हो। लामो प्रयासपछि अहिले दुइतर्फीनै सवारीसाधन सञ्चालनमा आएका छन”, उनले भने।

पहिरो हटाएसंगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका थिए। राजमार्गमा सवारीसाधनको लामो लाइन रहेकाले आफ्नो लेन प्रयोग गरेर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार