काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय २५ रूपैयाँ कायम भएको छ ।





