काठमाडाैं : अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित गर्ने बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एकै ठाउँमा बसेका छन् । तर, उनीहरुले खासै कुराकानी भने गरेनन् ।
सोमवार प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित गर्ने बैठकमा ओली र नेपाल एउटै समयमा बैठक कक्षमा पुगेका थिए । पूर्वप्रधानमन्त्रीहरूलाई अगाडि सिट प्लान गरिएको थियो ।
शुरूमा अध्यक्ष ओलीले कानेखुसी गरेर बोल्न खोजे पनि माधवले रुचि नदेखाएको देखिन्थ्यो । एमाले विभाजन गरेर नेकपा एस गठन गरेपछि ओली र नेपालबीच सम्बन्ध बिग्रिएको थियो ।
यी दुई नेताले एकअर्कालाई घोचपेच गर्ने गरेका छन् । यसैबीच अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाका राजकिशोर यादव निर्वाचित भएका छन् । जेष्ठ सदस्यको हैसियतले सोमवारको बैठकको अध्यक्षता राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराले गरेका थिए ।





