यस्तो छ आज तरकारी तथा फलफुलको मूल्य

२०८० भाद्र १२, मंगलवार

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० र भारतीयको पनि ८० नै रुपैयाँ कायम रहेको छ । 

यस्तै गोलभेँडा सानो (लोकल) को प्रतिकिलो ६० तथा टनेलको गोलभेँडाको प्रतिकिलो ८० रुपैयाँ कायम छ । यसैगरी आलु रातोको ५८, मकै बोडीको ११०, घिरौँलाको ७०, स्कुसको ५०, अनारको ३५०, अम्बाको १५०, हरियो लसुनको २५० रुपैयाँ कायम भएको समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार