जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाले सोमपाल कामीलाई पनि पुरस्कार दिने भएको छ ।
सोमबार एसिया कपमा भारतविरुद्ध अर्धशतक पूरा गर्ने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको गाउँपालिकाले सोमपाललाई पनि पुरस्कार दिने भएको हो ।
सोमपाल ४८ रनमा आउट भएका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले ४८ रन बनाएका सोमपाललाई पनि पुरस्कार दिने जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार अर्धशतक पूरा गर्न २ रन मात्रै कम ल्याएका सोमपाललाई गाउँपालिकाको तर्फबाट २५ हजार पुरस्कार दिइने छ ।





