दिपेश पुनसँग सीआईबीले लियो बयान

२०८० भाद्र १९, मंगलवार

काठमाडौं : त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशंकामा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले दिपेशसँग सोमवार बयान लिएको हो ।‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरी उच्च स्रोतले  भन्यो । सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

दिपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले बतायो । सुन तस्करी प्रकरणमा दिपेशको नाम जोडिएसँगै उनीमाथि अनुसन्धान गर्न माओवादी पंक्तिमा दबाब परेको थियो । पुन माओवादी केन्द्रनिकट विद्यार्थी संकगन अखिल क्रान्तिकारीका नेता हुन् । ठमेलमा होटल सञ्चालन गर्दै आएका छिरिङ साउन १४ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार