न्याय सेवाका १७० जनाको सरुवा

२०८० भाद्र १९, मंगलवार

काठमाडौं : न्याय सेवा आयोगले न्याय सेवाका तीन सचिवको सरुवासँगै भर्खरै बढुवा भएका सचिवको पदस्थापन गरेको छ । आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ भने नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानून आयोगमा सरुवा गरेको छ भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका फणिन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिव एवम १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार