काठमाडौं : सेयर बजार बुधबार बन्द हुने भएको छ । बुधबार (भदौ २० गते) श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । आज मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा अडिएको छ । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।





