नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा 

२०८० भाद्र २०, बुधबार

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । 

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ । बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार