कांग्रेस सहमहामन्त्री माथिको हमलाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग

२०८० भाद्र २१, बिहीबार

काठमाडौँ : कांग्रेसका सहमहामन्त्री माथीको हमलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भत्सर्ना गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसका सहमहामन्त्री माथीको हमलाको भत्सर्ना गर्दैै घटनाको जिम्मा लिँदै प्रधानमन्त्रीले सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।

उनले भने, ‘काठमाडौंको मध्यभागमा यसप्रकारले सत्ता पक्षको पार्टीका सहमहामन्त्री संबिधान सभाको सदस्यमाथी नै असुरक्षित हुने परिस्थिति बनेको छ। सरकारले गम्भीरता पूर्वक सदनमा आएर जवाफ दिनुपर्छ। ‘

उनले यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका भन्दै प्रमुख प्रतिपक्षी दलका नेता आफ्ना क्षेत्रहरुमा जाँदा विभिन्न खालका धावा बोलिने आक्रमण हुने क्रम विगत देखि नै चलिआएको दाबी गरे।

‘हिजो प्रतिपक्षीमाथी आक्रमण गरेकोमा ध्यान कम दिइयो होला आज सत्ता पक्षका सांसद्हरुलाइ पनि खोजी खोजी आक्रमण हुने र त्यसमा आउने कमेन्टहरुमा ठिक गरियो अपराधीहरुलाई प्रोत्साहित गरिने काम भएको छ,। यसमा सरकारले निर्मतापूर्वक छानबिन गरोस् भन्ने माग एमालेको छ।’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार