नेपाल एयरलाइन्सले थाल्यो काठमाडौं–दमाम सिधा उडान

२०८० भाद्र २१, बिहीबार

काठमाडौैं : राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौं–दमाम सिधा उडान सुरु गरेको छ । निगमले बुधबारदेखि उडान सुरु गरेको हो । निगमले काठमाडौंबाट साउदी अरेबियाको दमाम उडान बुधबारदेखि उडान सुरु गरेको हो ।

पहिलो उडान बुधबार राति १०ः४० मा गरेको छ । काठमाडौंबाट १२६ यात्रु बोकेर दमाम प्रस्थान गरेको थियो । फर्किदा उक्त विमानले ११७ यात्रु लिएर फर्केको छ । काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा साताको दुईदिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

बजारको माग र निगमको बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै जाने पौडेलले बताए । टिकटको लागि अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत लिनसक्ने निगमले जनाएको छ । यसअघि निगमले काठमाडौं–रियाद–काठमाडौं उडान गर्दै आएको थियो । उक्त उडानलाई स्थगित गर्दै निगमले काठमाडौं–दमाम–काठमाडौं उडान सुरु गरेको हो ।

काठमाडौं–दमाम उडानको लागि ३५ हजार रुपैयाँ टिकट मूल्य छ । यस्तै, दमाम–काठमाडौंको लागि ४७० रियल कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार