माटोको ढिस्कोले पुरिएर  तीनजना घाइते

२०८० भाद्र २२, शुक्रबार

रामेछाप : रामेछापको मन्थलीमा माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका छन्। 

दसैँको लागि घर रंग्याउने माटो लिन गएका मन्थली नगरपालिका–५ सुनारपानीका कृष्णबहादुर सार्की, कृष्णबहादुर बसेल र आइते सार्की बिहीबार दिउँसो माटोको ढिस्कोमा पुरिएर घाइते भएका हुन्।

गाउँ नजिकै साखापानी भन्ने ठाउँमा कमेरो माटो लिन गएका उनीहरुलाई माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जनाएको छ। 

माटो खन्दै गर्दा उनीहरुलाई ढिस्कोले पुरेको देखेपछि स्थानीयले उद्धार गरेर मन्थली अस्पताल पुर्‍याइएका थिए। घाइतेहरुको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार