थाइल्याण्ड बिरुद्दको खेलमा नेपालले पायो १०६ रनको लक्ष्य

२०८० भाद्र २२, शुक्रबार

काठमाडौं : मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले १०६ रनको लक्ष्य पाएको छ । बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो।

सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो। नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।

खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।

१७औं ओभरमा पूजा महतोले काजल श्रेष्ठबाट क्याच आउट गराउँदै यो साझेदारी तोडिन् । चान्यमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार