मेसीको गोलमा अर्जेन्टिना विजयी

२०८० भाद्र २२, शुक्रबार

काठमाडौं : कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले इक्वेडरमाथि कठिन जित निकालेको छ। शुक्रबार बिहान सम्पन्न भएको वर्ल्डकप क्वालिफायरको साउथ अमेरिका छनौटमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित निकाल्यो।

पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबरीमा रोकिएका थिए। दोस्रो हाफको ७८औं मिनेटमा अर्जेन्टिनाले फ्रि–किक पाएको थियो।

फ्रि–किकमार्फत् मेसीले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि अर्जेन्टिनाले इक्वेडरमाथि १–० को कठिन जित निकाल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार