अनमोलको ‘फर्कि फर्कि’को फष्टलुक टिजर सार्वजनिक

२०८० भाद्र २४, आईतवार

काठमाडौँं : फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक भएको छ । 

फस्टलुक टिजरमा अभिनेता अनमोल केसीलाई देखाइएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको हेर्न सकिन्छ । फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।

‘फर्कि फर्कि’को छायांकन लक्ष्मीपूजाबाट सुरु हुनेछ । सुयोग गुरुङको निर्देशन रहने फिल्म रोहित र ओम अग्रवालको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्म मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार