काठमाडौं : एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट ईभी र एमजी ४ ईभी सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भिडमा यी दुई मोडल नयाँ नाम हुन् ।
कार्यक्रममा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा अत्यन्तै उत्साहित भएको बताए । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडलहरू अत्यन्तै उपयुक्त हुने उनको भनाइ छ ।

एमजी कमेट ईभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो । जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिनेका कम्पनीले जनाएको छ ।
यसमा १७.३ किलोवाटको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ । एमजी कमेट ईभीमा यात्रुहरूको सुरक्षाको लागि आईपी ६७ रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ ।
सुविधा र सहजताको लागि एमजी कमेट ईभीमा एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधाहरू रहेका कम्पनीले जनाएको छ ।





