स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय लगिँदै, बिहान ७ बजेपछि श्रद्धाञ्जलीका लागि राखिने

२०८० भाद्र २६, मंगलवार

काठमाडौँ : हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिँदै छ । 

बिहान ७ बजेपछि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार