नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍याे : पूर्वप्रधानमन्त्री डा भट्टराई

२०८० भाद्र २६, मंगलवार

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन्। उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए।

“आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ”, उनले भने, “मैले आत्मीय मित्र गुमाएको छु”, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार