त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, एकजना पक्राउ

२०८० भाद्र २६, मंगलवार

काठमाडौँ : प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो।

एकजना प्रहरी अधिकारीका अनुसार सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका छन्। तर उनको विवरण खुलाइएको छैन।

उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको स्रोतले जनाएको छ। अहिले ती भागेका व्यक्तिको खोजीमा प्रहरी परिचालन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार