उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ

२०८० भाद्र २७, बुधबार

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरणसभाको मंगलबार उद्घाटन गर्दै उनले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए।

व्यापारीहरूले चाँडै धनी बन्ने अभिलाषा बोकेर व्यापार गर्दा उपभोक्ता ठगीमा परेको उनकाे भनाइ थियाे। ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने पनि उनले बताए। व्यापारीकाे मन शुद्ध नभएसम्म सुधार हुन नसक्ने तर्क उनले गरे।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र साउदले उपभोक्ता संरक्षण महासंघ राष्ट्रिय प्रकृतिको संस्था भएकाले राष्ट्रिय ऐनमा दर्ता गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। उनले महासङ्घलाई सम्बन्धित सबै निकायमा अनिवार्य प्रतिनिधित्वसहित अधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न सहयोग गर्न सरकासँग आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार