सुन चाँदीको मूल्य घट्यो

२०८० भाद्र २७, बुधबार

काठमाडौं : बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार २००, तेजावी सुनको मूल्य एक लाख १० हजार ६०० रुपैयाँ तोकिएको छ ।मंगलबार एक लाख १२ हजार रुपैयाँमा छापावाल र एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी सुनको खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक हजार ४०५ रुपैयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार