नेपाल भारतसँग २३ रनले पराजित

२०८० आश्विन १६, मंगलवार

काठमाडौं : चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले  ९ विकेट गुमाएर १७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् ।

टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार