अभिनाशले बलिङ गरेको अन्तिम ओभर नेपालका लागि घातक सावित

२०८० आश्विन १६, मंगलवार

काठमाडौं : चीनमा जारी १९औं एसियाली खेलकुदको क्वाटरफाइनलअन्तर्गत भरतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले यसस्वी जैसवालको किष्फोटक ब्याटिङको मद्दतले २०२ रन जोडेको थियो । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने भारतका कान्छा खेलाडी बनेका जैसवालले ४९ बलको सामना गर्दै ७ छक्का र ८ चौका हिर्काउँदै १०० रन बनाएका छन् । उनलाई १६ दशमलव २ ओभरमा नेपालका दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।

जैसवालले १०० रन बनाएको भारतको पालीमा कप्तान रुतुराज गाईक्वार्ड र जितेश शर्माले समान २५ रन बनाए भने नेपालका लागि खतरनाक सावित भएका रिंकु सिंहले नटआउट रहँदै ३५ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

भारतले दिएको २०३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमात्रै बनाउन सक्यो । नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान बनाएका ऐरीले भारतविरुद्धको खेलमा १५ बलमा ४ चौका हिर्काउँदै ३२ रन बनाएका हुन् । त्यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाए । २२ बलमा २ चौका र २ छक्का हिर्काउँदै मल्लले २९ रन बनाएका थिए । तय्स्तै १२ बल सामना गरेका जोराले पनि ३ छक्का हिर्काउँदै २९ रन बनाएका थिए । नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेख क्रमस २८ र १० रनमा आउट भए । कप्तान रोहित ३ रनमा आउट भएको खेलमा गुल्शन झा ६, सोमपाल कामी ७ र करण केसीले १८ रनमा आउट भए ।

भारतसँग डटेर सामना गरेपनि नेपालले धैर्यता गुमाउँदा नेपालका ८ जना खेलाडी सट बलमै क्याच आउटको सिकार बन्न पुगेका छन् । भारतले मध्ययम प्रदर्शन गर्दै १८०-८५ सम्मको टार्गेट दिने प्रक्षेपक्ष गरिएपनि अन्तिम ओभर भारतका लागि बरदान सावित भयो भने, नेपालका लागि त्यहि अन्तिम ओभरमा खर्चिएको २५ रन एसियाडको यात्रा समाप्त गर्ने कडि बन्न पुग्यो । १८ ओभरको अन्तिम बलमा सन्दीप लामिछानेको बलबाट भारतका आभास खान आउट भएपछि स्ट्राईक पाएका रिंकु सिंहले अन्तिम ओभरमा २५ रन जोड्दै भारतलाई विशाल योगफलतर्फ लम्काएका थिए ।

नेपालले अन्तिम ओभरमा बलिङका लागि अभिनाश बोहरालाई मैदान उतारेको थियो । बोहराले अन्तिम ओभरमा २३ रन खर्चिएका थिए । अन्तिम अ‍ोभरमा बोहराले खर्चिएको त्यहि २३ रननै नेपालका लागि घातक बन्न पुगेको छ । समूह चरणमा उत्कृष्ट प्रर्दशन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको नेपाली टोलीले मध्यम प्रर्दशन गर्दा अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो।

भरतपुर : भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् । भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार