सुदूरपश्चिममा गएको भूकम्पप्रति पूर्वराजाद्वारा चिन्ता ब्यक्त

२०८० आश्विन १७, बुधबार

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम प्रदेशमा हिजो गएको भूकम्पप्रति चिन्ता ब्यक्त गरेका छन्। बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदूरपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा ठूलो क्षति पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेका पूर्वराजा शाहले जनाएका छन्।

‘ठूलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सर्तकता आवाश्यक रहेको हाम्रो धारणा छ,’ पूर्वराजाको सम्बाद सचिावलयले भनेको छ।

सचिवालयका अनुसार भूकम्पबाट घाइतेहरुको शिघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहात निमार्णतर्फ तत्काल सबन्धित सबैको ध्यान पुगोस् भन्ने पूर्वराजाले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार