नेपालगन्जको कर्फ्यु आंशिक रुपमा हटाइयो, निषेधाज्ञा जारी

२०८० आश्विन १८, बिहीबार

नेपालगञ्ज : तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार