सडक मर्मतका क्रममा पहिरोले जेसिवी सहित पुरिँदा एकको मृत्यु

२०८० आश्विन २२, सोमबार

पाल्पा : पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेका छन् । उनको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । 

आइतबार बेलुकी ६ बजेतिर जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो । 

पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । पहिरोले पुरिएर घाइते भएका खड्कालाई उपचारका लागि तानसेन ल्याइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
3
+1
2
+1
1
+1
1
+1
0

ताजा समाचार