हुम्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार

२०८० आश्विन २२, सोमबार

काठमाडौँ : हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना वडाध्यक्षसहित नौं जना घाइते भएका छन्। आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहे तर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए।

दुर्घटनामा सिमकोट–२ का वडाध्यक्ष देवजंग बोहरा, सिमकोट ३ का वडाध्यक्ष पामा लामासमेत घाइते भएका छन्। ‘दुर्घटनाका गम्भीर घाइते ३ जनालाई आइतबार साँझ हलिकोप्टरमार्फत् सुर्खेत पठाएका छौँ,’ भट्टराईले भने, ‘बाँकी घाइतेको सिमकोटकै असपतालमा उपचार हुँदै छ।’

दुर्घटनामा वडाध्यक्ष लामाको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अर्का वडाध्यक्ष बोहराको अवस्था भने सामान्य छ। दुर्घटनामा सिमकोट ३ का ध्रुव शाही, मालती भण्डारी, योजना ऐडी, मुटुव लामा, बाँसबहादुर भण्डारी, बालक सन्देश भण्डारी र गाडी चालक बालकृष्ण रावत घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार