इजरायल आक्रमणमा निधन भएका १० जना नेपालीको पहिचान खुल्यो

२०८० आश्विन २२, सोमबार

काठमाडौँ : इजरायल आक्रमणमा निधन भएका १० जना नेपालीको पहिचान खुलेको छ। इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो।

दूतावासका अनुसार निधन हुने नेपालीहरूमा धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी रहेका छन्।

यस्तै विपिन जोशीको अवस्था हालसम्म अज्ञात रहेको पनि दूतावासले जनाएको छ। यस्तै विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगीको हाल उपचार भइरहेको छ भने धन बहादुर चौधरी, विरेन्द्र चौधरी र प्रमोद के.सी. उपचार पछि सकुशल रहेको पनि दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार